वैशाख १९, काठमाडौं – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।
आज बिहान सम्पन्न उक्त भेटमा द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा कुराकानी भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ।–00–


