क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाण्डौ, २५ माघ ।

बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडाविरुद्ध सात रनको रोमाञ्चक जित निकालेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७।५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनायो । जितपछि खेलाडी तथा समर्थकहरूले खुसीयाली मनाएका छन् ।

Share:

सम्बन्धित समाचारहरु