शिक्षकको सडक आन्दोलन आजबाट फिर्ता

काठमाडौं, १८ वैशाख । करिब एक महिना लामो शिक्षकहरुको सडक आन्दोलन आजबाट फिर्ता भएको छ।

 

सरकारसँग ९ बुँदे सहमति भएपछि आन्दोलन समाप्त गरिएको हो। शिक्षामन्त्री रघुजी पन्त र शिक्षक प्रतिनिधिहरू बीच भएको सहमति मन्त्रिपरिषदबाट पनि पारित गरिएको छ।

आन्दोलनका सबै कार्यक्रम स्थगित भएसँगै अब विद्यार्थी भर्ना प्रक्रिया सुरु हुनेछ। शिक्षामन्त्री पन्तका अनुसार, शिक्षकको माग सम्बोधन भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता भएका छन्। यसले शैक्षिक गतिविधिहरू अब सुचारु हुने अपेक्षा गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु