सर्वसाधारणले यस वर्ष दसैँमा नयाँ नोट पाउने छैनन्, सुकिला नोट सटही हुने

काठमाडौं, १३ भदौ  । यस वर्षको दसैँमा सर्वसाधारणले नयाँ नोट साट्न पाउने छैनन्। नेपाल राष्ट्र बैंकले यस वर्ष दशैँमा नयाँ नोट नबाँड्ने निर्णय गरेको छ र सट्टामा सुकिला नोट नै सटही गरिने जनाएको छ।

राष्ट्र बैंकले नोटको प्रयोग बढाउन नयाँ नोट बजारमा नपठाउने नीति लिएको हो। नयाँ नोट एकैपटकमा पुराना भएर राष्ट्र बैंकमा फिर्ता फर्कने भएकाले नोट छाप्न लाग्ने खर्च बचाउन सुकिला नोट नै दशैँमा सटही गर्ने निर्णय गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिए।

पौडेलका अनुसार, “दसैँमा नयाँ नोट बजारमा पठाउँदा केवल एक पटक प्रयोग बढ्ने मात्र थियो र त्यसपछि ती नोट राष्ट्र बैंकमा फिर्ता आउनुपर्ने बाध्यता हुन्थ्यो। नोट छाप्ने खर्च बचाउन सुकिला नोट नै सटही गर्ने निर्णय गरिएको हो।”

यस निर्णयपछि सर्वसाधारणले दसैँमा नयाँ नोटको साटासाटको परम्परागत अनुभव नपाउने भए पनि नोटको सहज उपलब्धता भने कायम रहनेछ।–000–

Share:

सम्बन्धित समाचारहरु