चितवन, १३ माघ । श्री आधारभूत विद्यालय गड्यौलीले सप्ताहाव्यापी रुपमा आफ्नो ३५ औं वार्षिकोत्सव मनाउँदै छ । माघ ९ गतेदेखि विभिन्न कार्यक्रम आयोजनागर्दै आएको विद्यालयले भोली वार्षिकोत्सव, अभिभावक दिवस तथा सम्मान कार्यक्रम आयोजनागर्दै छ । भोली आयोजनाहुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले माघ ९ गतेदेखि सप्ताहा रुपमा विभिन्न कार्यक्रमगरी वार्षिकोत्सव मनाउँछ । फागुन ९ गते सरसफाई कार्यक्रम, फागुन १० र ११ गते विद्यालयको वार्षिक खेलकुद कार्यक्रम, १२ गते वडा अन्तर्गत टोल स्तरीय रस्साकस्सी र म्यूजिकल चियर कार्यक्रम सम्पन्न भयो । यस्तै १३ गते नगर स्तरीय अन्तरविद्यालय हाजिरी जवाफ तथा हस्तलेखन प्रतियोगिता आयोजना भयो । भोली १४ गते पुरस्कार वितरणदेखि छात्रवृति वितरणसँगै सम्मान कार्यक्रम आयोजनाहुँदैछ ।
कालिका नगरपालिका प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा आयोजनाहुने कार्यक्रममा उप प्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा निर्देशक, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विद्यालयका पूर्व अध्यक्षहरु, पूर्व विद्यार्थीहरु सहभागिहुनेछन् ।
कार्यक्रम उद्घाटन पूर्व झाँकी सहितको शोभायात्रा निकाल्ने तयारी गरिएको विद्यालयका प्रधानाध्यापक शिवनारायण चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका पूर्व अध्यक्षहरु, विद्यालयको विकासका लागि योगदानदिनुहुने सहयोगि व्यक्तित्वहरुलाई समेत सम्मानगर्ने कार्यक्रम छ । विद्यालयमा विद्यार्थी तथा अभिभावकहरुको आकर्षण बढ्दै गएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सफल बनाउन शिक्षक, विद्यार्थी, अभिभावकहरु समेत सक्रिय भएर जुटेको शिक्षक अभिभावक संघका अध्यक्ष रामु बनले बताउनुभयो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजनाहुनेछ । यो पुरानो पदमपुरमा २०४६ सालमा स्थापना भएको विद्यालय हो । कक्षा ८ सम्म अध्ययनहुँदै आएको विद्यालयमा हाल २ सय ५० भन्दाबढी विद्यार्थी अध्ययनरत्त छन् ।
कालिका वडा नं. ४ (साविक पदमपुर वडा नं. ९ ) मा रहेको यो विद्यालयले आफ्नो शैक्षिक स्तर उकास्दै गएको छ ।








—-000—-

