सिन्धुपाल्चोकमा भूकम्प, काठमाडौंसम्म हल्लायो

काठमाडौं, १८ पौष।

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४।८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोको माझीटार आसपास केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

यसअघि, गत मंगलबार बिहान ७:५४ बजे बैतडी केन्द्रविन्दुर बनाएर ४।६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Share:

सम्बन्धित समाचारहरु