चितवन, माघ ११–
चितवन क्षेत्र नं ३ बाट निर्वाचित भई शहरी विकास मन्त्री बनेका विक्रम पाण्डे आज चितवन आउँदै छन् । विभिन्न कार्यक्रममा सहभागी हुन मन्त्री पाण्डे चितवन आउन लागेका हुन् । मन्त्री नियुक्त भएपछि पाण्डे पहिलो पटक चितवन आउन लागेका हुन् ।
विमानस्थलमा ओर्लिने वित्तिकै पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले मन्त्री पाण्डेलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम छ । पार्टी कार्यालय रिजाल चोकमा बिहान ११ बजे कार्यक्रमको आयोजना गरिएको छ ।
त्यस लगत्तै मन्त्री पाण्डे जगतपुरस्थित सरस्वती माविको स्वर्ण महोत्सवमा सहभागी हुने राप्रपा चितवनका नेता जीवलाल पुरीले जानकारी दिए । भोलि (बिहीबार)बाट नारायणी नदी किनारमा सुरु हुन लागेको विराट कोटिहोम ज्ञानमहायज्ञको पनि मन्त्री पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ ।