युवा व्यवसायी सन्तबहादुर प्रजाको पहल, गडौलीमा मोबाइल पसल सञ्चालन

मेघनाथ चौधरी – सेतो नेपाल

चितवन, ९ भदौ  – चितवनको राप्ती नगरपालिका–२ गडौलीमा आज बिहान ९ बजे ‘राइफल मोबाइल हाउस एण्ड इलेक्ट्रोनिक्स’ नामक मोबाइल तथा इलेक्ट्रोनिक्स पसलको औपचारिक सुरुवात गरिएको छ। पसलका प्रोप्राइटर युवा व्यवसायी सन्तबहादुर प्रजाले आफ्नै गाउँठाउँमा उद्यमशीलताको बाटो समाउँदै यो नयाँ व्यवसाय सुरु गरेका हुन्।

पसलमा भिवो, ओप्पो, आइफोन, सामसुङ, रेडमी, नोकिया लगायतका लोकप्रिय मोबाइल ब्रान्ड उपलब्ध हुनेछन्। मोबाइल खरिद गर्ने ग्राहकलाई ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा दिने व्यवस्था गरिएको छ भने अन्य इलेक्ट्रोनिक सामानहरू पनि सुलभ मूल्यमा पाइनेछन्।

उद्घाटनका क्रममा प्रजाले नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ व्यवसाय सुरु गरेको बताए। उनका अनुसार अब स्थानीय बासिन्दाले भरपर्दो, गुणस्तरीय र सहुलियतपूर्ण मूल्यमा मोबाइल तथा इलेक्ट्रोनिक सामग्री पाउने सुविधा पाउनेछन्।

व्यवसायी प्रजाले आगामी दिनमा नयाँ–नयाँ ब्रान्डका मोबाइल, ल्यापटप, कम्प्युटर, र अन्य इलेक्ट्रोनिक सामग्रीहरू थप गर्दै पसललाई ‘वन–स्टप इलेक्ट्रोनिक समाधान केन्द्र’का रूपमा विकास गर्ने योजना रहेको जानकारी दिएका छन् ।

 

 

–00–

Share:

सम्बन्धित समाचारहरु