तनहुँ, २६ साउन । तनहुँको आँबुखैरेनीमा आज बिहान २ मिनेटको अन्तरमा सडकमा चिप्लियर दुईवटा सवारी दुर्घटना भएको छ । लमजुङदेखि नारायणगढ तर्फ जाँद्यै गरेको माइक्रोबस र दमौलीबाट मुग्लिङ तर्फ जाँदै गरेको मिनीबस सड्कमै पल्टिएको छ । माइक्रो बस र मिनीबस करिब ३ सय मिटरको दुरीमा भएको दुर्घटना हो ।
पानी परेकाले गुडिरहेको बस बाटोमा अनियन्त्रीत भइ चिप्लिएर नजिकैको पालेमा ठोक्किएर पल्टिएको छ । बसमा सवार १३ जना यात्रुहरु घाइतेभएका छन् । उनीहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
तस्बिर : निशान मगर



–00–

