कालिकामा आयोजना गरिएको २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न

कालिका, १४ असोज । लुमन्तीको आयोजनामा कालिका नगरपालिका र युवा संजालको सहकार्यमा २ दिने संगठनात्मक विकास र नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

 

लुमन्तीका तालिम संयोजक रोशनी जोशी र सुचना व्यवस्थापक अनन्त बज्राचार्यको प्रशिक्षणमा सम्पन्न भएको कार्यक्रममा कालिका नगरपालिकाका विभिन्न समुदायका ३० जना युवाहरूको सहभागिता रहेको थियो । एक समारोहका बिच कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको समापन गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख विनोद रेग्मीले समृद्ध नगर बनाउनको लागि सबैको भुमिका अपरिहार्य रहेको र यसमा युवाहरूले विशेष भुमिका खेल्नुपर्नेमा जोडदिनुभयो ।

 

कार्यक्रममा युवा संजालका उपाध्यक्ष कृति परियार, समावेशी टोलका सुनिता रूम्बा लगायतले तालिमको महत्वको विषयमा मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सरसफाईको क्षेत्रमा उत्कृष्ट काम गरेबापत समावेशीटोलका सुनिता रूम्बा र गुरौचौरका निर्मला कुमाललाई पुरस्कृत गरिएको थियो ।

 

—–000—–

Share:

सम्बन्धित समाचारहरु