ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक युवक पक्राउ

काठमाडौं। पशुपतिनाथ मन्दिर क्षेत्रमा महाशिवरात्रिको दिन ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटका २५ वर्षीय रिजन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा खटिएका प्रहरी जवानमाथि हातपात गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले ती व्यक्तिको पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार श्रेष्ठलाई बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो। शिवरात्रिको दिन एक युवतीलाई जिस्काएको आरोपमा प्रहरीले सम्झाउन खोज्दा उनले उल्टै प्रहरी जवानलाई लात प्रहार गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु