धादिङको चिरौदी पुल नजिकै सुख्खा पहिरोले गुडिरहेको कार पुरिएर चारजना घाइते

धादिङ, १० असोज । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ चिरौंदी खोलाको पुल नजिकै सुख्खा पहिरो जाँदा कार पुरिएर चार जना घाईते भएका छन् ।

बिहीबार साँझ सवा ७ वजे तिर गुडिरहेको कारमा पहिरो खस्दा गजुरी तर्फ बाट काठमाण्डौ तर्फ जादै गरेको ग २ च ७८८५ नम्बर कार पुरिएको हो । कारमा सवार ४ जना घाईते अवस्थामा उद्धार गरि बैरेनी अस्पतालमा उपचारका लागि भर्ना गरिएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।

पहिरोमा परेर कार पुरिएको सूचना पाउना साथ नेपाल,प्रहरी,शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीयवासी समेतको टोलीले उद्धार शुरु गरेका थिए । उद्धारटोलीले घाईतेहरुलाई कारवाट निकालेर उपचारका लागि बैरेनी अस्पताल पु¥याएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक पाण्डेले वताउनु भयो ।

पहिरोले कार पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई बैरेनी अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि काठमाण्डौं पठाईएको बैरेनी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक काशिराम बुढाथोकीले जानकारी दिनुभयो ।–00–

Share:

सम्बन्धित समाचारहरु