नारायणगढमा एमालेको विशाल जनसभा, पोखरा बसपार्कमा आयोजना हुने

चितवन । नेकपा एमाले चितवनले भोली नारायणगढमा विशाल जनसभा आयोजना गर्ने भएको छ। जनसभालाई पार्टीका केन्द्रीय नेता रामबहादुर थापा ‘बादल’ सहित अन्य शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

एमाले चितवनका अनुसार जिल्लाका ७ वटै स्थानीय तह तथा २२ वटा जनवर्गीय संगठन आफ्नो–आफ्नै ब्यानरसहित सहभागिता जनाउनेछन्। पहिले लायन्सचोकमा जनसभा गर्ने घोषणा भए पनि सवारीसाधनको ठूलो चाप तथा मानवीय भीडलाई व्यवस्थापन गर्न कठिन हुने भएकाले कार्यक्रम स्थललाई पोखरा बसपार्क सारिएको एमालेले जनाएको छ।

लायन्सचोकबाट र्‍याली निकालिने तयारी रहेको र उक्त र्‍याली शहीदचोक, पुलचोक हुँदै पोखरा बसपार्कमा पुगेपछि सभामा परिणत हुने बताइएको छ। सभामा केन्द्रीय नेता रामबहादुर थापा ‘बादल’ सहित अन्य नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकहरूले जानकारी दिए।—00–

Share:

सम्बन्धित समाचारहरु