रत्ननगर, २९ भदौं ।
“वाालवालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराको साथ पूर्वि चितवनको झुवानीमा ६० औ वाल दिवस कार्यक्रम सन्पन्न भएको छ । झुवानी सामुदायिक पुस्तकालय र झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा २०० जना भन्दा बढी बालबालिकाको सहभागिता रहेको थियो ।

“वडा अध्यक्ष संग बालबालिका” नाम दिईएको कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा रत्ननगर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष वालकृष्ण चापागाईले वडाले,पुस्कालयले तथा सहकारीले के कस्तो कार्यक्र गर्ने हो सो तथ्याकं लिदै अहिले नै वालवालिकाहरुलाई राम्रो बाटो देखाउनु पर्ने तथा त्यसको लागि अभिभाबक पनि चनाखो हुनु पर्ने बताउनु भएको थियो । साथै झुवानी सामुदायिक पुस्तकालय, झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारीसंगै वडा कार्यलय वालवालिकाहरुको सुनौलो भविष्यको लागि हरेक किसिमका कामगर्न संधै तत्पर रहेको बताउनु भएको थियो ।

२०८० सालको एस.ई.ई मा उत्तिर्ण भएका झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारीसंस्थाका सदस्यहरुका बालबालिकाहरुलाई सम्मान पनि गरेको थियो ।

कार्यक्रममा झुवानी सामुदायिक पुस्तकालयको अध्यक्ष अनिल अर्याल स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सावित्रि कुमारी पण्डितको सभाध्यक्षताम सम्पन्न भएको थियो । कार्यक्रम झुवानी सामुदायिक महिला बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बबिता ढकालले संचालन गर्नु भएको थियो । कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं. ५ का वडाले आर्थिक सहयोग गरेको थियो ।

0



