गैँडाकोट, १० असार । नवलपुरको मध्यबिन्दु नगरपालिका अन्तर्गत पर्ने नारायणी नदीमा नुहाउन गएका वृद्धलाई गोहीले आक्रमण गर्दा आज मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदबहादुर पौडेलका अनुसार मध्यबिन्दु नगरपालिका-२ सेहरी गाउँस्थित नारायणी नदी किनारको रहमा आज बिहान नुहाउन गएका ७२ वर्षीय मिनबहादुर थारुलाई गोहीले तानेको हो ।
गाहीले तानेर पानी भित्र डेढ घण्टासम्म राखेको थियो ।प्रहरीले लाश निकालेर पोष्ट मार्टमका लागि जिल्ला अस्पतालमा पठाएको जनाएको छ ।
ज्यान लिने गाेहीलाई चितवन राष्ट्रिय निकुञ्जको टिमले नियन्त्रणमा लिएको छ ।
–00–


