कालिका, ९ असार । कालिका च्याउ पकेट वडा न. २ ले च्याउखेतीकोे प्रवद्धर्नका लागि कृषि सामग्री वितरण गरेको छ । नगर प्रमुख विनोद रेग्मी, प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमको विशेष उपस्थितीमा कृषि सामग्री वितरण गरिएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गतको च्याउ पकेट निरन्तरता कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०/०८१ को बजेट अन्तर्गत १२ लाख रुपैयाँ मूल्य बराबरको कृषि सामग्री वितरण गरिएको कृषि शाखाले जनाएको छ । कृषि शाखा प्रमुख लक्ष्मण पौडेलका अनुसार प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजनावाट ६ लाख रुपैयाँ र सम्बन्धित किसानवाट ६ लाख रुपैयाँको लागतमा कृषि सामग्री खरिद गरि वितरण गरिएको हो ।
कालिका नगरपालिकाको आर्थिक सहयोगमा स्टिम बोइलरसेट १ थान, कन्डेसर मोटर १ थान, ११ सय ५५ किलो प्यालिष्टक, ३ वटा डिजिटल तराजु, बफाइने ड्रम १ वटा, ५ सय लिटरको हिल ट्याकी १ थान, पानी तान्ने मोटर १ वटा, स्प्रे ट्याकी ९ वटा च्याउ ढुवानीका लागि ४ थान रिक्सा, ठेल गाडा ६ थान सामग्री वितरण गरिएको हो ।
कालिका च्याउ पकेटका अध्यक्ष पृथ्वी बहादुर तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कृषि शाखा प्रमुख लक्ष्मण पौडेल, कृषक बाबुराम के.सी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराई, वडा नं ६ का वडा अध्यक्ष टिकाराम रेग्मी , वडा सदस्य बुद्धिप्रसाद ढकाल, बाबुराम शर्मा, चित्रवहादुर भण्डार लगायत उपस्थित थिए ।
कार्यक्रममा कृषि प्राविधिक गौरव रानाभाटले सहजिकरण गरेका थिए ।








—0–


