यस्तो छ नारायणगढ-मुग्लिन खण्ड अन्तर्गत त्रिशूलीमा २ वटा बस वेपत्ता भएको स्थान । – फोटोकथा

चितवन, २८ असार । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई बगाएर त्रिशूली नदीमा खसालेको छ । बससहित यात्रुहरु बेपत्ता छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल क्षेत्रमा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

यस्तो छ घटनास्थलकोे अवस्था ।

—00–

Share:

सम्बन्धित समाचारहरु