चितवन, २४ जेठ । लियो क्लब अफ भरतपुर यूथले यही जेष्ठ २४ गते नऔ वार्षिक साधारण शभा सम्पन्न गरेको छ । उक्त शभामा भरतपुर यूथका लायन वर्ष २०२३÷२४ का अध्य्क्ष नबीन पौडेल को सभापतित्व रहेको थियो भने लायन्स क्लब अफ भरतपुर यूथका संस्थापक अध्यक्ष लायन सुरज पाठक ज्यूको प्रमुख आतिथ्यता रहेको थियो ।
शभामा लायन्स क्लब अफ भरतपुर युथका पुर्व अध्यक्ष लायन भक्ति भुषाल को उपस्तिथि रहेको थियो भने लायन वर्ष २०२४÷२५ को लागी कोषाध्याक्ष पदमा भुवन नेपाली, सचिब पदमा सङ्गम पोख्रेल, उपाध्यक्ष पदमा अनिकेत भुषाल र अध्यक्ष पदमा लियो हवन ढकाल निर्वाचित हुनुभएको छ । कार्यक्रममा उपस्थित सम्पूर्णले नयाँ कार्य समितिलाई बधाई समेत दिनुभएको थियो , कार्यक्रममा बोल्दै नबीन पौड़ेल, आफु नीवर्तमान भए पश्चात पनी क्लबलाई उत्तिकै चलायमान राख्नको निम्ति अफÞ्नो सक्रियता उत्तिकै रहने छ भनी मन्तब्य दिनुभएको थियो ।
क्लब लाई सफल र सक्रिय बनाउन क्लबका सम्पूर्ण पदाधिकारी लगाएत सदस्यहरु को उत्तिकै भूमिका रहेको र सम्पूर्णलाई लायन वर्ष २०२४÷२५ मा क्लब लाई अझ उत्कृष्ट र सक्रिय बनाउन आ–आफÞ्नो ठाऊबाट जिम्मेबारी बहन गर्न आग्रह गर्दै आफू स्वयंले समेत क्लबको उन्नति र प्रगतिको निमित्त सदैव जोडदार मेहेनत गर्ने बताउनुभयो ।—00—


