सिमलताल नजिकै गाईघाटमा दुईवटा बस ठाेकिँदा तीनजना घाईते

चितवन, २८ साउन । नारायणगढ – मुग्लिङ सडकखण्ड अन्तर्गत सिमलताल नजिकै गाईघाटमा दुईवटा यात्रुबाहक बस एक आपसमा ठाेकिँदा तीनजना घाईते भएका छन् ।

आज दिउसो २ः३० बजेकाे समयमा भरतपुर महानगरपालिका २९ गाईघाट नजिकै पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग २ ख १६२१ नम्वरको बस र पाल्पाबाट काठमाडौं जाँदै गरेको लु २ ख ६७६२ नम्बरको बस एक आपसमा ठाेकिँदा तीनजना घाइते भएकाे उद्वारमा खटिएका प्रहरीले बताएकाे छ ।

पाेेखराबाट नारायणगढतर्फ आउँदै गरेको बसकाे चालक सम्पर्क बाहिर छन् ।

 

घाइतेहरूकाे अवस्था सामान्य रहेको बताईएकाे छ । घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । याे क्षेत्र दुर्घटनाकाे उच्च जाेखिम क्षेत्र हाे ।–00–

Share:

सम्बन्धित समाचारहरु