जनकपुरधाम, १२ बैशाख । महोत्तरीको मठिहानी नगरपालिका( ६ मा भीषण आगलागी भएको छ ।
मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट १०० भन्दा बढी घर जलेर नष्ट भएको छ । हावा तीव्र गतिमा चलिरहेकाले आगो नियन्त्रणका लागि कठिन भएको स्थानीयले जानकारी दिए । बस्तीमै आगो लागेपछि पीडितहरुको पनि भागाभाग मच्चिएको छ ।
आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट पुगेको दशवटा बारुणयन्त्र (दमकमल)ले प्रयास गरिरहेको छ । स्थानीय र तीनसयबढी सुरक्षाकर्मीहरु पनि आगो नियन्त्रणका लागि प्रयास गरिरहेको भएपनि यो समाचार तयारपार्दा सम्म आगो नियन्त्रणमा आइसकेको छैन ।


