नयाँ समीकरणले पनि कामगर्न नसके देश अप्ठ्यारो अवस्थामा जाने खतरा छः प्रधानमन्त्री दाहाल

काठमाडौं, ६ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणले पनि काम गर्न नसके देश अप्ठेरो अवस्थामा जाने बताएका छन् ।

मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्प सार्वजनिक कार्यक्रममा उनले जनतामा आशा जगाउनकै लागि यो गठबन्धन बनाएको बताए । ‘यो समीकरण र यो संकल्पबाट पनि डेलिभरी भएन, जनतामा आशा जगाउन सकिएन, विकास गर्न सकिएन भने देश निकै नै अप्ठेरो अवस्थामा जाने खतरा छ’, उनले भने ।

आफू प्रधानमन्त्री पदमा रहिरहनका लागि नभई नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने उद्देश्यले भएको उनले बताए । उनले भने, ‘अब हामीले व्यवहारमा जनतालाई डेलिभरी दिने किसीमले कति जिम्मेवारीपूर्वक अगाडि बढ्छौं भन्ने कुराले नै यो साँझा संकल्प र समीकरणको औचित्यलाई पनि पुष्टि गर्नेछ । हामीलाई जनताको नयाँ आशा र भरोसा जगाउने कुराको कुनै विकल्प छैन । हामीले पनि सकेनौं भने यो समीकरण र संकल्पबाट डेलिभरी भएन जनतामा आशा जगाउन सकेनौं भने देश अफ्ठ्यारो अवस्थामा जाने खतरा छ ।’

 

उनले नयाँ समीकरण आफ्नो पदको कारणले नबनेको उल्लेख गर्दै जनतामा विकास र समृद्धिको आकांक्षा, सुशासनको आकांक्षलाई तिव्रताको साथ सम्बोधन गर्न बनेको बताए।–00–

Share:

सम्बन्धित समाचारहरु