सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी नेता महरालाई ४ दिन हिरासतमा राख्ने अनुमति

काटमाण्डौं, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका थिए । महरालाई पक्राउ पछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अदालत उपस्थित गराएको थियो । महरा बिहानमात्र पक्राउ परेका थिए । सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् ।–00–

 

 

Share:

सम्बन्धित समाचारहरु