रत्ननगर, १० भदौ । पूर्वी चितवनकाे रत्ननगरमा यही भदाैं २६ गते देखि असाेज ८ गते सम्म रत्ननगर तीज साँस्कृतिक तथा व्यापारिक महाेत्सव हुने भएकाे छ ।
रत्ननगर वडा नं ३ मा रहेकाे दी हेल्पिङ युथ क्लवले हरितालिका तीजकाे अबसर पारेर साे महाेत्सव गर्न लागेकाे हाे । महाेत्सवकाे उद्देश्य र तयारीकाे विषयमा आयाेजकले आइतबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकारी दिएकाे हाे ।
संस्कृति संरक्षणसंगै चितवन जिल्लाकाे आर्थिक विकासकाे लागि महाेत्सव आयाेजना गरिएकाे क्लवका अध्यक्ष संजय तामाङले जानकारी दिए । महाेत्सव शान्तिचाेक स्थित खालीचाैरमा हुने छ ।
काेराेनापछि तीजमा दिदी बहिनीहरू राम्ररी रमाउन सकेका छैनन् महाेत्सव मुल समाराेह समितिका संयाेजक समेत रहेका तामाङले भने संस्कृति संरक्षणसंगै महाेत्सवले जिल्लाकाे आर्थिक विकासमा समेत टेवा पु-याउने छ ।
महाेत्सवमा १५० देखि २०० वटा स्टल रहने छ । महाेत्सवमा तीज केन्द्रीत स्टलसंगै तीजकाे दिन महाेत्सव भित्र भब्य तीज गीत कार्यक्रम गरिने छ । स्थानीय स्तरका प्रतिभा पहिचान र स्थानीउ उत्पादनकाे बजारीकरण गरि ग्रामिण क्षेत्रकाे उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेकाे महाेत्सव मुल समाराेह समितिका संरक्षक सुजन क्षेत्रीले बताए ।
काेराेना महामारीकाे चपेटामा रहेकाे चितवनकाे पर्यटनलाई उकास्ने गरि महाेत्सवमा गतिविधि समावेश गरिने छ । महाेत्सवले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदकाे विकासमा याेगदान दिने उनले बताए ।
ओम शक्ति मारुती इभेन्ट एण्ड म्यानेजमेन्ट नामक संस्थाकाे सहयाेगमा हुने साे महाेत्सवकाे संरक्षकमा रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघ रहेका छन् । महाेत्सवमा बाल उद्यन, कृषि परिसर तथा सांस्कृतिक कार्यक्रम तर्फ तीज गीत प्रतियाेगिता तथा नृत्य प्रतियाेगिता समेत हुने महाेत्सव मुल समाराेह समितिका सदस्य राजु लामाले बताए ।
महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने छ । दैनिक रत्ननगर कलामन्दिरका कलाकारहरुकाे बेजाेड प्रस्तुती रहने छ । पत्रकार सम्मेलनमा सुर्यमान तमाङ, अशाेक लामा, जुलुस घिसिङ, जीवन पाठक लगायतकाे उपस्थिति रहेकाे थियाे ।–00–


