चैत महिनाभित्र कर तिरे जरिवाना छुटः मेयर विनोद रेग्मी

व्यवसायिहरुलाई करको दायरामा ल्याउन कालिकामा आजदेखि राजश्व सम्बन्धि सचेतनामूलक कार्यक्रम सुरु

कालिका, ४ चैत । स्थानीय व्यवसायिहरुलाई करको दायरामा ल्याउन कालिका नगरपालिकाले आजदेखि राजश्व सम्बन्धि सचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

 

‘कर तिर्नु नागरिकको कर्तव्य मात्रै होइन, सम्मान पाउने अवसरपनि हो’ भन्ने नाराका साथ आयोजना गरिएको सचेतना मूलक कार्यक्रमको नगर प्रमुख विनोद रेग्मीले उद्घाटनगर्नुृभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले स्थानीय व्यवसायिलाई आतंकित बनाउने हिसावले नभई बजारलाई व्यस्थित बनाउने योजनामा नगरपालिका रहेको बताउनुभयो ।

स्थानीय व्यवसायिले नगरपालिकामा दर्ता भए नभएको, दर्ता भएकाहरु निरन्तर राजश्व तिर्न प्रेरितगर्ने उद्देश्यले सचेतना मूलक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार दर्ता भएर पनि लामो समयदेखि कर (राजश्व) नतिरेका व्यवसायिहरुलाई चैत मसान्त सम्मका लागि जरिवाना छुट गरिएको छ । चैत महिनाभित्र कर(राजश्व) तिरे कुनैपनि जरिवाना शुल्क तिर्नुपर्दैन उहाँले भन्नुभयो –‘यो सँगै अन्य विशेष योजनाका साथ नगरपालिका अगाडी बढिरहेको छ‘।

अनुगमन समिति संयोजक समेत रहनुभएकी नगर उपप्रमुख विमला तामाङको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, बरिष्ठ लेखा अधिकृत एवम राजश्व शाखा प्रमुख ऋषिप्रसाद कडुवाल, वडा अध्यक्षहरु, अनुगमन समितिका सदस्यहरु, कर्मचारीहरु सहितको टिमले बजार क्षेत्रका व्यवसायिहरुलाई समयमै राजश्व तिर्न आग्रहगर्दै हिडेका थिए । टिमले दर्ता भएकाहरुलाई निर्धारित समयमै नविकरणगर्न र दर्ता नभएकाहरुलाई तत्काल वडा र नगरपालिकामा दर्तागर्न आग्रहगर्दै हिडेका छन् ।

आजदेखि सुरु भएको यो अभियान पाँचदिन सम्म चल्ने नगरपालिकाका बरिष्ठ लेखा अधिकृत एवम राजश्व शाखा प्रमुख ऋषिप्रसाद कडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार ५ गते भोली पदमपुर क्षेत्रका बजारमा सचेतनामूलक कार्यक्रम आयोजनाहुनेछ । यस्तै ६ गते जुटपानी बजार क्षेत्र, १४ गते खोलेसिमल बजार र १५ गते शक्तिखोर बजार क्षेत्रमा कार्यक्रमहुनेछ ।

–00–

Share:

सम्बन्धित समाचारहरु