कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल एसीसी वुमन्स प्रिमियर कप सेमिफाइनलमा

काठमाण्डौ, २ फागुन ।

नेपाल मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै नेपाल प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

डिएलएस विधिमार्फत कुवेतले दिएको ७४ रनको लक्ष्य नेपालले ३१ बल अगावै पूरा गर्यो । कप्तान इन्दु वर्मा २२ र कविता जोशी ४ रनमा अविजित रहे । सीता रानामगर १७ र कविता कुवर १ रनमा आउट भइन् ।

यसअघि मलेसियाको बाँगीमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको थियो ।

Share:

सम्बन्धित समाचारहरु