मनोज थारुको ‘टुवरा’‘प्रतीक ढकाल -लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’का लागि उत्कृष्ट दशमा छनौट

चितवन, १ माघ ।, प्रत्येक जोर नेपाली वर्षमा प्रदान गरिने ‘प्रतीक ढकाल -लक्ष्मी सर्वोत्तम कृति पुरस्कार’ को प्रथम संस्करणका लागि चितवनका मनोज थारु‘अज्ञात’ ले लेख्नुभएको ‘टुवरा’ लगाएत दशवटा उत्कृष्ट कृतिहरु सार्वजक गरिएको छ । प्राप्त कृतिहरुको अध्ययन पश्चात निर्णायक मण्डलले ठर्याएका उत्कृष्ट १० कृतिहरु सार्वजनिक गरिएको हो ।

उत्कृष्ट १० मा पर्न सफल भएकाहरुमा विक्रम भक्त जोशीको जोभार ब्लुज, चन्द्र गुरुङको जब एउटा मान्छे हराउँछ, मनोज थारुको टुवरा, इल्या भट्टराईको मिसर, हरिबोल काफ्लेको यशोधरा, युवराज नयाँघरेको याकजी, राजेन्द्र तारकिणीको विगन रामको मादल, अशोक थापाको सन्तापको धून, शिव प्रकाशको समभोग र राजेन्द्र विमलको सरबरिया टोल रहेका छन् । श्री रामगीताबाङ्मय मन्दिर नेपाल अमेरिकाले प्रदान गर्ने पुरस्कारका लागि छनौटमा परेका १० उत्कृष्ट मध्ये एउटा कृति विजेता घोषित हुनेछ । आयोजकले अर्को विज्ञप्ति मार्फत विजेता घोषणागर्ने जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु