कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन, २७ पौष । चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहीबार बेलुका साढे ८ बजे भरतपुर महानगरपालिका-७ स्थित क्यान्सर अस्पतालको गेट नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए।

चितवन प्रहरीका अनुसार गम्भीर घाइते भएका माडी नगरपालिका-६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय सूर्य सापकोटा भनिने कुल प्रसाद सापकोटालाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकोमा डाक्टरले मृत घोषित गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु