भरतपुरको मिलनचोक नजिकै २ वटा बेवारिसे शव फेला

चितवन, ६ मंसिर। चितवनको भरतपुरमा २ वटा बेवारिसे शव फेला परेका छन् । पुल्चोक गोन्द्राङ सडक अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १२ मिलनचोक नजिकै नहरमुनी बोरामा प्याक गरिएको अवस्थामा शवहरु फेला परेको चितवन प्रहरीले जनाएको छ । दुवै शवको पहिचान भएको छैन ।

शवको प्रकृति हेर्दा अन्यत्रै घटना घटाएर भरतपुरमा शव ल्याएर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु