जाजरकोट, १९ कात्तिक
जाजरकोटका भूकम्प पीडितहरु गएराती खुल्ला चौरमा प्लाष्टिक ओढेर सुतेका छन् । भूकम्पले घर भत्काएपछि खुल्ला आकासमुनि बास बस्न बाध्य भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भूकम्प पीडितहरुको अवस्था बुझ्न शनिबार राती पीडितहरु बास बसेको ठाउँमा पुगेका थिए ।
भूकम्पका कारण घरबार विहिन भएका नागरिकहरु प्लाष्टिक ओढेर सुत्नुपर्ने बाध्यतामा पुगेको लामिछानेको स्वकिय सचिव प्रकाश सिग्देलले बताए । पीडितहरुलाई राहत तथा पुर्नस्थापनाका लागि आवश्यक सहयोग गरिने उनले बताए ।
शुक्रबार राती गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा गरी १५७ जनाको मृत्यु भइसकेको छ भने ३०० बढी घाइते भएका छन् ।
सरकारले पनि आजबाट भूकम्प पीडितलाइ राहत तथा पुनःस्थापनाको काम गर्ने बताएको छ ।
त्सस्तै,
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अहिले बिहान ८ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।
प्रधानमन्त्री प्रचण्डका संयोजक सूर्यकिरण शर्माका अनुसार भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

