कालिका, २२ असोज । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले आयआर्जन र उद्यमशीलतलाई प्राथमिकतामा राखेर लगानीगर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ । कालिका नगरपालिकाको वडा नं. ९ मा रहेको शक्तिखोर महिला साना किसान कृषि सहकारी संस्था लि. को आठौं बार्षिक साधरण सभालाई संवोधनगर्दै नगर प्रमुख रेग्मीले आयआर्जनसँगै उद्यमशीलतातर्फ सहकारीले विशेष ध्यानदिनुपर्ने बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख रेग्मीले साना किसानहरुको दैनिकी फेरिनेगरी उत्पादनमुखी कार्यक्रमलाई जोडदिन समेत आग्रह गर्नुभयो । शेयर सदस्यहरुले लगेको पैसा प्रयोजन अनुसार लगानी भए नभएको विषयलाई निरन्तर मोनिटरिङगर्न सुझाव दिनुभयो । नगरक्षेत्रको विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहनेहुँदा नगरक्षेत्रका स्थानीयहरुको आर्थिक आम्दानीहुने खालको कार्यक्रममा नगरपालिका पनि सहयात्री बन्न तयार रहेको जानकारी दिनुभयो । सहकारी ऐनलाई टेकेर संचालनगर्नुस उहाँले भन्नुभयो –‘एकव्यक्ति एक प्रकृतिथको सहकारीमा मत्रै आवद्ध हुने संस्कार विकास गर्नुस ।’
कार्यक्रममा नगर उपप्रमुख विमला तमाङले साना किसानहरुको दैनिकी परिवर्तनसँगै उनीहरुको आर्थिक विकासको माध्य सहकारी हुन सक्ने बताउनुभयो । शक्तिखोर महिला साना किसान कृषि सहकारीलेगर्दै आएको कामको प्रशंसागर्र्दै नगर उपप्रमुख तमाङले २०६० सालमा ५० जनावाट आफुहरुले सुरुवात गरेको क्षण स्मरणगर्नुभयो ।
‘ ५० जनावाट सुरुवात गरेको सहकारी अहिले १४ सयजना शेयर सदस्य पुगेकोमा अत्यन्तै गर्व लाग्छ ’ उहाँले भन्नुभयो । आर्थिक मन्दीका कारण ऋणतिर्न समस्या रहेको शेयर सदस्यहरुको समस्यालाई संवोधनगर्दै नगर उपप्रमुख तमाङले आर्थिक मामिलामा शेयर सदस्यहरु सभ्यहुनुपर्ने बताउनुभयो । सहकारीवाट लगेको पैसावाट संचालन गरिएको व्यापार व्यवसायले दिएको फाइदावाट घरखर्च चलाउनुपर्ने उहाँको भनाई छ । नगरपालिकाले यो सहकारीसँग विगतका वर्षहरुवाटनै सहकार्यगर्दै आएको जानकारी दिनुभयो । नगरपालिकाले संचालन गरेको पोषण कार्यक्रम अन्तर्गत २५ जना चेपाङ महिला दिदीबहिनीहरुलाई प्रति घरधुरी तीनतीनवटा बाख्रा वितरण गरिएको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. इलाका कार्यालय हेटौंडाको तर्फवाट शिलामाया बस्नेतले संवोधनगर्नुभएको थियो । महिलाहरुको आर्थिक, सामाजिक उत्थानमा साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । पदमपुर साना किसान सहकारी संस्थाका प्रबन्धक समेत रहनुभएकी बस्नेतले शक्तिखोर महिला साना किसान कृषि सहकारीसँग आफुहरुको छुट्टैखालको सम्बन्ध रहेको बताउनुभयो । यो सहकारी संस्थाले दिँदै आएको सेवा सुविधादेखि सहकारीले गर्दै आएको काम प्रशंसनीय रहेको बताउनुभयो । पिछ्डीएको समुदायको उत्थानमा यो सहकारीले गर्दै आएको कामको बारे उहाँले प्रशंसागर्नुभयो । सानालाई ठूलो बनाउने साना किसानको अभियान अन्तर्गत यो सहकारीले महत्वपूर्ण कामहरु गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो ।
सहकारीको अध्यक्ष खड्क कुमारी खत्रीले प्रस्तुतगर्नुभएको संस्थाको वार्षिक प्रगती प्रतिवेदन तथा आर्थिक वर्ष २०८०÷८१ को कार्यक्रम र बजेट साधरण सभाले पारित गरेको छ । यस्तै संस्थाको प्रबन्धकले प्रस्तुतगर्नुभएको आथिक वर्ष २०७९ ÷८० को लेखापरीक्षण प्रतिवेदन समेत सभाले पारित गरेको छ ।
सहकारी संस्थाकी उपाध्यक्ष तिलकुमारी श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रभात दिदि बहिनी बचत तथा ऋण सहकारी संस्थाकी लक्ष्मी कार्की, वडा नं. ९ का वडा अध्यक्ष निलकण्ठ मगर, वडा नं. ८ का वडा अध्यक्ष चित्रवहादुर मगर, कालिका नगरपालिकाका सहकारी शाखा प्रमुख प्रकाश चन्द्र पौडेल, पदमपुर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गोमा सिंखडा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम सहकारी संस्थाका अध्यक्ष खड्क कुमारी खत्रीको अध्यक्षतामा आयोजना गरिएको थियो ।
साधरण सभामा सहकारीले संस्थापक शेयर सदस्य समेत रहनुभएकी कालिका नगरपालिकाको उपप्रमुख विमला तमाङलाई सम्मान गरेको छ । यस्तै शेयर सदस्यहरु मध्ये आफ्ना जेष्ठ नागरिकदेखि उत्कृष्ठ बचतकर्ताहरुलाई नगद सहित सम्मान समेत गरिएको छ ।
















\ 












