अष्ट्रेलिया पलायन भएको राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने

काठमाडौं, १५ असोज

हालै अष्ट्रेलिया पलायन भएको राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग खेल्ने भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुने जानकारी गराएका हुन् । अष्ट्रेलियाबाटै बिमलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चितवन एफसीबाट खेल्ने बताएका छन् ।

यस्तो छ स्टाटसः

जिन्दगीमा अनेकौं उतावचढाव आउँछन् ११ उमेरको बढ्दो क्रम सँगै जिम्मेवारी र व्यवहारिक पन पनि बढ्ने रहेछ ११ त्यसै क्रममा आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउनको निम्ति आफ्नो प्राण प्यारो देश प्रतिको माया र लगावलाई एकछिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे ११ तर पनि मलाई माया गरेर पुनस् मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयर ९क्ष्अयलष्अ एबिथभच० को रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफ।सिलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छु ११

यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय व्यक्तित्व लगायत मेरा सम्पूर्ण शुभचिन्तक हरुमा हार्दिक नमन टक्राउन चाहान्छु ११ जय नेपाल जय नेपाली फुटबल ११

बिमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए ।

Share:

सम्बन्धित समाचारहरु