कालिका, २९ भदौं । कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले शिक्षा क्षेत्रमा सृजनात्मक क्रियाकलाप बढाउन आवश्यक रहेको बताउनुभएको छ । ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा नगरपालिकाले आज आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै नगर प्रमुख रेग्मीले यस्तो बताउनुभएको हो ।
शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाले सृजनात्मक क्रियाकलापलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । नगरक्षेत्रभित्रका विद्यालयहरुमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा, चित्रकला प्रतियोगीतासँगै वतृत्वकला प्रतियोगीता कार्यक्रम आयोजना गरेको नगरपालिकाले आगामी दिनमा यस्तखालका कार्यक्रमलाई अझै परिस्कृतगर्दै लैजाने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
शैक्षिक क्षेत्रको विकासका लागि जनप्रतिनिधिहरु जुटिरहेका बेला आफ्ना बालबालिकाहरुको उठवैस, खानपिन, सेवा संगतको बारेमा विशेष ध्यान दिन नगर प्रमुख रेग्मीले अभिभावकहरु आग्रहगर्नुभयो । कुनैपनि बालबालिका शिक्षाको पहुँचवाट बञ्चितहुन नपर्नेगरी कालिका नगरपालिका जुटेकाले यो अभियानमा सबैलाई जुट्न आग्रहगर्नुभयो ।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतमले शिक्षामा लगानी गर्न कालिका नगरपालिका तयार रहेको बताउनुभयो । आजका बालबालिकानै भोलीका असल नागरिक हुन । असल नागरिक उत्पादनगर्न कालिका नगरपालिका तयार छ उहाँले भन्नुभयो – यो सुरुवाती चरण हो पहिलो खुडकिलो चालिएको छ ।
कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराईले कालिका नगरपालिका शिक्षा क्षेत्रका विकासका लागि सबैसँग हातेमालोगरेर अगाडी बढिरहेका जानकारी दिनुभयो । उपमेयरसँग बालबालिका कार्यक्रमले पनि विद्यार्थीहरुमा सकारात्मक प्रभावपर्ने विश्वास व्यक्तगर्नुभयो ।
कार्यक्रममा सम्पूर्ण शिक्षकहरुको प्रतिनिधित्वगर्दै भीमोदन नमुना विद्यालयका प्रधानाध्यापक इन्द्र पौडेलले बाल विवाह, वैदेशीक मोह र कुलतको जोखिममा विद्यार्थीहरु पर्दै गएको बताउनुभयो । यो विषयलाई सामान्य रुपमा लिँदै गए एकदिन डरलाग्दो रुप लिने भन्दै सरोकारवालाहरुलाई ध्यानाकर्षण गराउनुभयो । कक्षा १० पढ्न थालेपछि विद्यार्थीहरु अष्ट्रेलिया, अमेरिका जाने सपना देख्ने गरेको उहाँले बताउनुभयो । अभिभावक र विद्यार्थी दुवैले नेपालमा आफ्नो भविष्य सुरक्षित छ भन्ने महशुसगर्न छाडेका छन उहाँले भन्नुभयो विदेश जानकै लागि दैनिक १५ देखि २० जना सिफारिस लिन आउने गरेका छन् । परिवर्तन हुन लागेको शिक्षा ऐनका कारण धेरै शिक्षकहरुपनि विदेश पलायनहुने संकेत उहाँले गर्नुभयो ।
यस्तै उमेर नपुग्दै विवाहगर्नेक्रम पनि कालिकामा डरलाग्दो तरिकाले बढ्दै गएको बताउनुभयो । विहेबारी २० वर्ष पारि भन्ने नारा कालिकामा कार्यान्वयमा आउन नसकेको उहाँले बताउनुभयो । यस्तै कालिका क्षेत्रमा लागु औषधमा बालबालिकाहरु फस्दै गएको टिप्पणी गर्नुभयो । –‘स्कुल उमेरका भाइबहिनीहरु कुलतमा फसिरहेका छन्’ उहाँले भन्नुभयो । उहाँले शिक्षाको गुणस्तर वृद्धिका लागि अहिलेको बजेट प्रयाप्त नभएको समेत बताउनुभयो । शिक्षा क्षेत्रमा लगानी बढाउन स्थानीय निकायलाई सुझाव दिनुभयो ।

५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा कालिका नगरपालिकाले उत्कृष्ट अंक ल्याई पास हुने कक्षा ८ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ । यस्तै आधारभूत विद्यालय स्तरिय चित्रकला प्रतियोगीता, बालिबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी नारा सहित वतृत्वकला प्रतियोगीता तथा खेलाडीहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नगरक्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, विद्यार्थी, कालिका नगर पालिकाको उपप्रमुख विमला तमाङ लगायतको उपस्थ्तिी थियो ।
कालिका नगरपालिका अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको कार्यक्रम सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको हो ।


–00–


