चितवन, ७ बैशाख। नेकपा (एमाले)को तर्फबाट चितवन क्षेत्र २ का उमेदवार रामप्रसाद न्यौपानेले आफूले उपचुनाव जिते विदेशमा रहेकाहरुलाई फर्काउने अभियान चलाउने बताएका छन् ।
बिहीबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले गाँजा खेती प्रवद्र्धन गर्ने कानुन बनाएर चितवनमा खेती गर्ने गरी नीति विस्तार गर्नुपर्नेमा आवाज उठाउने बताए । उनले जित्नेमा शतप्रतिशत ढुक्क भएको समेत दाबी गरे । “ढुक्क हुनुस् । म जित्छु,” उनले भने ।
त्यस्तै, उनले आफ्नो भिजन प्रस्तुत नगरेर फेसबुकमा फेक आईडी बनाएर गाली गरिएको भन्दै रास्वपाका उमेदवार रवि लामिछानेप्रति कटाक्ष गरे । उनले झुटा कुरा गरेर चुनाव जितिए पनि टिक्न नसकिने बताए ।
“आफ्नो भिजन प्रस्तुत नगर्ने तर अरुलाई गाली गर्ने । पत्रकार हुँदा नेतालाई गाली गर्ने । नेता हुँदा पत्रकारलाई गाली गरेर गन्तव्यमा पुगिँदैन,” उनले भने, “झुटा कुरा गरेर सांसद् त बनिएला । भ्रमित त पारिएला । तर टिकिँदैन । राम न्यौपाने जित्ने पनि टिक्ने पनि भएर आएको छ ।”
उनले राजनीति गर्छु भन्नेले जनतालाई गाली गरेर समाजलाई कता लैजाने भन्दै प्रश्न गरे ।
“राजनीति गर्छु भन्ने, समाजलाई सभ्य बनाउछु भन्ने, तर फेक आईडीबाट गालीका बौछार गर्ने अनि जनप्रतिनिधि बन्छु भन्ने रु,” उनले सोधे, “यसले समाज ठिक ठाउँमा पुर्याउँछ रु के हो दृष्टिकोण ?–00–


