यातायात कार्यालय भरतपुरले सरकारको निर्देशन नमान्ने, पूर्वनिर्धारित परीक्षा हुने

चितवन, २८ भदौं

यातायात व्यवस्था कार्यालय भरतपुरले सरकारको निर्देशन नमान्ने भएको छ । सरकारले स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिको दिन आज ९बिहिबार० सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यातायात कार्यालयले भने पूर्व निर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा तोकिएको समयमा सञ्चालन हुने बताएको छ । परीक्षा स्थगित हुँदा सेवाग्राहीले पुनः झण्झट व्यहोर्नुपर्ने भएकाले बिदा नदिइएको कार्यालयले जनाएको छ ।

Share:

सम्बन्धित समाचारहरु