राप्तीको झुरझुरेमा दुई ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवन,२३ भदौं । पूर्वी चितवनको राप्ती नगरपालिका(३ झुरझुरेमा आज बिहान करिब ६-२५ बजेको समयमा दुइ ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

 

पूर्व(पश्चिम राजमार्ग अन्तर्गत भण्डाराबाट पूर्वतर्फ जादै गरेको प्रदेश २-३-००२ ख ५६०९ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक झुरझुरेस्थित बासुकी पेट्रोल पम्प अगाडि ठोक्किएका हुन् ।

 

चालक जिल्ला नवलपुर गैडाकोट नगरपालिका(१ बस्ने ४३ वर्षको प्रकाश कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । दुर्घटनाबाट गम्भिर घाइते भएका कुँवरको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान ७स्१५ बजे मृत्यु भएको पण्डितले बताए ।

उनका अनुसार प्रदेश २-३-००२ ख ५६०९ नम्बरको ट्रकका चालक जिल्ला बारा निजगढ ४ बस्ने बर्ष २८ को निकेश राउत कुर्मीको स्थानीय अस्पताल र सहचालक जिल्ला रौतहट बौधिमाई-२ बस्ने १८ वर्षको रबिन कुमार यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।  कुर्मीको अवस्था सामान्य छ भने यादवको घुंडा, धाड र हातमा चोट लागेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु