रत्ननगर, २१ साउन। पूर्वी चितवनको रत्ननगर नगरपालिकाका संस्थागत विद्यालय तीन दिन बन्द गरिएको छ ।
आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएका कारण २२ गते देखि २४ गते सम्म विद्यालउ बन्द गर्ने निर्णय गरिएको हो । सो नगरपालिकाको आइतबार सम्पन्न कार्यपालिका बैठकले सामुदायिक विद्यालय बर्खे विदा रहेकाले संस्थागत विद्यालय निर्णय गरेरै बन्द गरिएको हो । बैठकले विद्यालय बन्द गरि प्रकोप नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन गरिएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले जानकारी दिए ।–00–


