चितवन, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं. २८ कोटेनी बस्ने २६ वर्षिय आस बहादुर बोटेको माछा मार्ने क्रममा बाघले आक्रमण गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बोटेको दिउँसो ३ः२० बजे घटनास्थलमै मृत्यु भएको थियो ।


