रत्ननगर, २९ असार । एसईई परीक्षा दिएपछि के विषय पढ्ने विद्यार्थीहरुमा अन्यौलता हुन्छ । यो बेला थोरै विवेक पुगेन भने जीवनभर पछुतो मान्नुपर्ने अवस्था सृजना होला भन्न सकिँदैन । कलेजसँगै विषय छान्न विद्यार्थीहरुलाई सकसनै हुन्छ ।
यदि तपाई एसईईपछि कक्षा ११ मा होटल भ्यानेजमेन्ट (एचएम) पढ्ने तयारीमा हुनुहुन्छ भने पूर्वी चितवनको रत्ननगरमा रहेको पञ्चकन्या विद्या मन्दिर तपाईका लागि उत्कृष्ट गन्तव्य हुन सक्छ । यो पुरानो शैक्षिक संस्था हो । २०७३ सालदेखि प्लसटू अध्यापन सुरु गरेको पञ्चकन्या विद्या मन्दिरले व्यवस्थित र सुविधायुक्त बातावरण तयार गरी होटल म्यानेजमेन्ट (एचएम)सँगै साईन्स (विज्ञान ) विषयमा पढाउन सुरु गरेको छ ।

२०४३ सालमा स्थापना भएको पुरानो शैक्षिक संस्थाको रुपमा रहेको पञ्चकन्या विद्या मन्दिरले होटल म्यानेजमेन्ट र साईन्स विषयका लागि छुट्टै संरचना तयार पारेको छ । एक्सप्लोरे कलेजको नामवाट होटल म्यानेजमेन्ट र साइन्स विषय बढाउन सुरु गरिएको कलेजका निर्देशक मनोज अधिकारीले जानकारी दिए ।
चितवन शैक्षिक टुरिजमको रुपमा विकास भइरहेका बेला रत्ननगरमा व्यवस्थित र सुविधायुक्त संरचना बनाएर होटल म्यानेजमेन्ट विषयमा पढाईहुन थालेपछि बाहिरी जिल्लावाट समेत विद्यार्थीहरु अध्ययनका लागि चितवनको रत्ननगर पुगेका छन् । कालिकोटदेखि पूर्वी रुकुमवाट समेत विद्यार्थीहरु अध्ययनका लागि आएको व्यवस्थापन समितिले जनाएको छ ।
एकै पटकमा ४३ जनाले पकाउन मिल्ने भाञ्जा कोठा, कलेजभित्रै व्यवस्थित बार, रेष्टुरेन्ट, हाउस किपिङ, बेकरी लगायतका सुविधाहरु छन् । यहाँ अध्ययन गर्ने विद्यार्थीहरुलाई चितवन र आसपासका जिल्लाहरुमा भएका पाँचतारे होटलहरुमा प्रयोगात्मक कक्षाका लागि लैजाने गरेका छन् ।



–00–


