नारायणगढ–मुग्लिन सडकः पल्टिएको ट्रक उठाएपछि बाटो दुईतर्फी सञ्चालनमा आयो

चितवन,१८ असार । नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।

पहिरो पन्छाएर र पल्टिएको ट्रक उठाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज विहान १ः५० बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो । पाँच घण्टापछि यातायात सूचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन् ।–00–

Share:

सम्बन्धित समाचारहरु