स्वास्थ्य अवस्थाबारे जानकारी लिन भरतपुर अस्पताल पुगे

चितुवाको आक्रमणवाट घाइतेभएका पौडेलको स्वास्थ्य अवस्था बारे कालिकाका नगर प्रमुखको चासो

चितवन, २९ साउन । चितुवाको आक्रमणबाट घाईते भएका चन्द्रप्रसाद पौडेलको स्वास्थ्य अवस्थाबारे कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी लिनुभएको छ ।  भरतपुर अस्पतालनै पुगेर नगर प्रमुख रेग्मीले घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

घाइते पौडेल उनका परिवार, अस्पतालका कर्मचारीहरुसँग नगर प्रमुख रेग्मीले छलफल गर्नुभएको छ ।

स्वास्थ्य अवस्था सामान्य देखिएपनि देब्रेहातको चोर औला चँडिने अवस्थामा पुगेकाले उपचारमा कुनैपनि खालका अभाव र समस्याहुन नदिन चिकित्सकहरुलाई आग्रहगर्नुभयो । उपचार व्यवस्थासँगै राज्यवाट पाइने क्षतिपूर्ती लगायतको विषयमा चिन्ता नलिन घाइतेका परिवारलाई आग्रहगर्नुभयो ।

हिजो अपरान्ह ४ बजे वडा नं. ७ स्थित उदयपुर सामुदायिक वनको लबडाँडा नजिकैको जंगलमा घाँस काट्न गएको बेला स्थानीय ४५ वर्षीय चन्द्रप्रसाद पौडेललाई तीनवटा चितुवाको बच्चाहरुले सामुहिक रुपमा आक्रण गरेका थिए ।

 

Share:

सम्बन्धित समाचारहरु