कालिकाकाे वडा नं. १ मा खुल्ला व्यायामशाला तयार

कालिका, १४ असार । कालिकाकाे वडा नं १ मा खुल्ला व्यायमशाला संचालनमा आएकाे छ । स्थानीय चर्तुरमुखी सामुदायिक वनक्षेत्रमा रहेको गडुवा चिल्ड्रेन पार्कमा व्यायमशाला निमार्ण गरिएको छ ।

व्यायामशालाकाे कालिका नगरपालिकाका नगरप्रमुख विनाेद रेग्मीले उद्घाटनगर्नुभयो । यस्तै पार्कमा निमार्ण गरिएको बुद्धकाे स्तुपाकाे समेत अनावरण गरिएको छ । नगरका प्रमुख रेग्मीले अनावरण गर्नुभएकाे हाे ।

कार्यक्रमलाई संवाेधनगर्दै नगर प्रमुख रेग्मीले यस्ता खालका संरचनाकाे विकासले नगरक्षेत्रमा चहलपहल बढ्ने वताउनुभयाे । निमार्ण भएका संरचनालाई संरक्षण गर्नु र जाेगाएर राख्न चुनाैती बन्दै गएकाले त्यसतर्फ ध्यानदिन आग्रह गर्नुभयाे ।

कामना टाेल विकास संस्थाकी अध्यक्ष  कल्पना खुलाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष शन्तवीर स्याङ्तानले वडाभित्र एउटा सुन्दर पार्क बनाउने सपना पुराहुँदै गएको बताउनुभयाे । सफा र सुन्दद वातावरणमा शारीरिक व्यायामगर्न सकिने याे अवस्थालाई वडाले महत्त्वपूर्ण उपलब्धिकाे रूपमा लिएकाे बताउनुभयाे ।

कार्यक्रममा स्थानीय धर्मगुरू पेमा लामाले चिल्ड्रेन पार्कलाई थप आकर्षण बढाउन बुद्धकाे ठूलो स्तुपा बनाउनसके यसले पर्यटकीय चहलपहल बढाउने बताउनुभयाे ।

कार्यक्रममा निमार्ण उपभोक्ता समितिका अध्यक्ष जयवहादुर गुरूङकाे अध्यक्षतामा आयाेजना गरिएकाे हाे । उद्घाटन कार्यक्रमसंगै चिल्ड्रेन पाकर्मा वृक्षारोपण गरिएको थियाे ।

खगेरी सव वन डिभिजन कार्यालयकाे अगुवाईमा वृक्षा राेपण भएकाे हाे ।

कपुर,धुपी,बेल,निम लगायतका विरूवा राेपिएकाे खगेरी सव डिभिजन वन कार्यालयले जानकारी दिएकाे छ ।

Share:

सम्बन्धित समाचारहरु