राप्ती नगरपालिकाको नगर सभा स्थगीत, किन भएन नगर सभा ?

चितवन, १० असार । चितवनका सबै स्थानीय तहरुले १३ औं नगरसभा मार्फत नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिरहँदा राप्ती नगरपालिकामा भने नगरसभा नै बस्न सकेन । नेकपा(एमाले) सम्बद्ध वडा अध्यक्षहरु वडागत बजेटको सिलिङ अस्वीकार गरेपछि नगरसभा स्थगित भएको हो ।

 

नगर प्रमुख शमशेर लामाले वडा अध्यक्षहरुले बजेट सिलिङको विषयमा अवरोध गरेकाले आज नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकिएको बताए । ‘नगरसभाका लागि हामीले धेरै नै प्रयास ग¥यौं तर केही वडा अध्यक्षहरु बजेट सिलिङलाई लिएर अवरोध गरेपछि सफल हुन सकेनौं’–नगर प्रमुख लामाले नारायणी अनलाईनसंग भने ।

 

उनका अनुसार नगरसभाको तयारीका लागि तीन पटकसम्म कार्यपालिका बैठक आह्वान गरिएको थियो । तर तीनै पटक बैठक स्थगित भयो । वडा अध्यक्षहरुले माग गरेअनुसार सबै बजेटको सिलिङ पनि उपलब्ध गराइएको थियो तर विविभन्न बहानामा नगरसभा बस्नै नदिने षड्यन्त्र भएको नगर प्रमुख लामाले आरोप लगाए । उनले भने–‘हामी कार्यसम्पादनमा अगाडि नै छौं, कतै हाम्रो सफलतालाई असफल बनाउने खेल हो की भन्ने लागेको छ ।’

नगर प्रमुख लामाले असार १८ गते कार्यपालिका बैठक बस्ने तयारी भइरहेको बताए । त्यसपश्चात मात्रै नगरसभाको टुंगो लाग्ने छ । पछिल्लो समय यस नगरमा राजनीतिक विवादहरु बढ्दै गइरहेको छ । यस नगरपालिकामा नेकपा ९एकीकृत समाजवादी०बाट नगर प्रमुखको रुपमा शमशेर लामा निर्वाचित भएर नगरको नेतृत्व गर्दै आइरहेका छन् । तर नगरको अधिकांश वडामा नेकपा ९एमाले०का उम्मेदवारहरु विजयी भएका छन् । जसले गर्दा एमाले र समाजवादीको राजनीतिक लडाईको सिकारमा राप्ती नगरपालिका पर्दै आइरहेको छ ।–00–

 

Share:

सम्बन्धित समाचारहरु