गैडाकोट स्थित पोखरीमा डुवेर दुइ बालकको मृत्यु

गैँडाकोट, ८ असार । नवलपुरको गैँडाकोट स्थित एउटा पोखरीमा डुवेर दुइ बालकको मृत्यु भएको छ ।

गैँडाकोट नगरपालिका वडा नं. ३ तात्रीबास नजिकै सिचाँइका लागि बनाइएको पोखरीमा डुवेर २ बालकको ज्यान गएको हो । मृत्युहुनेमा गैँडाकोट ४ घर भएका अन्दाजी १४,१५ वर्षका प्रतिक परियार र प्रविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । गर्मीको बेला पौडी खेल्न पोखरीमा गएका थिए ।

दुवैजनाको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । नवलपुर आसपासमा अत्याधिक गर्मी बढेपछि खोला तथा नदीहरुमा पौडी खेल्नजाँदा दुर्घटनाहुने क्रम बढेर गएको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु