रत्ननगरका जेष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण

रत्ननगर ०१ असार

रत्ननगर नगरपालिकाले जेष्ठनागरिकको घरघरमै पुगेर स्वास्थ्य परीक्षण गरेको छ ।
८० बर्ष नाघेका जेष्ठनागरिकको स्वास्थ्य रक्षाका लागि स्वास्थ्यकर्मीहरुले घरमै उनीहरुको स्वास्थ्य परीक्षण गरिरहेको स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए ।

स्वास्थ्य परीक्षणका लागि १६ वटा वडामा ३२ जना स्वास्थ्यकर्मी परिचालन गरिएको उनले जानकारी दिए । दीर्घरोगी र औषधि सेवन गरिरहेका तथा नियमित स्वास्थ्य जाँचको लागि अस्पताल सम्म जान नसक्ने जेष्ठनागरिकहरुलाई घरमै स्वास्थ्य परीक्षण गरिएको हो ।

 

स्वास्थ्यकर्मीहरुले मधुमेह,उच्चरक्तचाँप तथा अन्य रोगको परीक्षण गरेका छन् । स्वास्थ्य परीक्षणसंगै स्वास्थ्यकर्मीहरुले रोग लाग्न नदिने उपाय,खानपान लगायतका विषयमा परामर्श समेत दिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।

रत्ननगरका मेयर प्रल्हाद सापकोटाले स्थानीय सरकार जेष्ठनागरिकको अभिभावक रहेको भन्दै उनीहरुको स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्यकर्मी परिचालन गरी घरमै स्वास्थ्य परीक्षण तथा उपचार गरिएको बताए । नगर भित्रका ८० बर्ष पुगेका एक हजार ६०० जेष्ठनागरिकको स्वास्थ्य परीक्षण गरिँदै छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु