कालिकाको नीति तथा कार्यक्रमः विवाह भोजमा खाना फाल्नेलाई कार्वाहीगर्ने

कालिका, ३ असार । खाद्य सुरक्षा तथा खानेबानीलाई यो पटक कालिका नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

‘मिठो मसिनो खाँउ, पोसिलो खाँउ तर खाना नफालौं भन्ने नारालाई नगरपालिकाले नीति तथा कार्यक्रममै राखेको छ । जग्गा बाँझे नराखी घरघरमा करेसाबारी बनाउन, रैथाने बाली लगाउन र अन्यको मान राख्न, परिवार तथा समुदायमा खाना नफाल्ने संस्कार सिकाउन अनरोध एवम् प्रोत्साहितगर्ने नीति नगरपालिकाको छ ।

विवाह,ब्रतबन्ध भोजभतेर बनभोज तथा पार्टी प्यालेसमा खाना फाल्नेलाई नियमनगर्न कार्यविधि बनाई लागु गरिने नीति तथा कार्यक्रममा भनिएको छ । यसको लागि विद्यालय तथा टोलस्तरमा खाद्य सुरक्षा, खाद्य संस्कार(बानी) सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिने छ ।

आयोजकलाई स्वागतद्धारमै खाना नफाल्न अनुरोध गरिएको तुल, ब्यानर वा सूचना राख्न अनुरोध गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । सार्वजनिक स्थलमा धुम्रपान, मध्यपान तथा गुठ्का सेवन गर्न बन्देज लगाइनेछ । नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पार्ने खाद्य तथा पेय पदार्थको विक्रि वितरण तथा विज्ञापनगर्नेलाई कानून बामोजिम कार्वाहीको दायरामा ल्याइने नीति तथा कार्यक्रममा छ ।–00–

Share:

सम्बन्धित समाचारहरु