नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् चितवनले आयोजना गरेको ३०औँ विश्व आदिवासी दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले भाषा साहित्यमा धनी समुदाय भएर पनि यसको संरक्षण हुन नसक्दा भाषा लोप हुने अवस्थामा आइपुगेको बताएका हुन् ।
एउटा समुदायको भाषा अर्को समुदायले प्रष्ट नबुझ्दा कतिपय नामथर र स्थानको नाम बिग्रिएको बताउँदै त्यसका लागि आदिवासी जनजातिका भाषालाई गैरआदिवासी जनजातिलाई पनि बुझाउन आवश्यक रहेको उनले बताए ।
नारायणी कला मन्दिरमा भएको कार्यक्रममा चितवनका विभिन्न जातजातिले आ–आफ्ना साँस्कृतिक प्रस्तुति दिएका थिए । महासंघका अध्यक्ष महेन्द्र दुराका अनुसार २०५५ सालमा स्थापना भएको महासंघमा हाल १७ जाति सांगठनिकरूपमा आवद्ध भएका छन् । करिब ४० आदिवासी जनजातिको बसोबास रहेको चितवनमा अन्य जातिलाई पनि समेट्ने प्रयास भइरहेको अध्यक्ष दुराले जानकारी दिए ।–0000–


