निरज महतो-
चितवन । खिचरा पर्वलाई लक्षित गरेर निर्माण गरिएको माघी ३ गीत सार्वजनिक गरिएको छ । थारु समुदायले नयाँवर्षको रुपमा मनाउँदै आएको माघी पर्वलाई चितवनमा खिचरा पर्वको रुपमा मनाइन्छ । यसैलाई आधार बनाएर गायक रोहित सिंह चौधरी र गायिका अन्नु चौधरीको स्वरमा रहेको माघी ३ गीत टिएफ नेपाल नामको यूटुब मार्फत सार्वजनिक गरिएको हो ।
भिजन फिल्मस र जोडा कटेजको व्यानरमा निर्माण गरिुएको म्युजिक भिडियोको चितवनका चर्चित निर्देशक हिरा चौधरीले निर्देशन गरेका हुन । यो गीतलाई निरज महतो र जित महतोले छायांकन गरेका हुन भने सुरज महतोले सम्पादन गरेका हुन ।
गीतमा पूर्वदेखि पश्चिम सम्मका चर्चित कलाकारहरुको अभिनय रहेको छ । गीत मार्फत पूर्व र पश्चिमका दर्शकलाई जोड्न यसो गरिएको गायक एवम गीतका संगीतकार रोहित सिंह चौधरीले जानकारी दिए । गीतको छायांकन चितवनकै सेरोफेरोमा गरिएको हो ।