चितवन, १ असार । जेष्ठ महिनामा मात्रै १ सय ५८ जना फरार प्रतिवादीहरुलाई चितवन प्रहरीले पक्राउगर्न सफल भएको छ ।
अदालतको विभिन्न मितिमा भएका फैसलाहरुको कार्यान्वयन गर्न चितवन प्रहरीले आफ्ना मातहतका कार्यालयवाट प्रहरीटोली परिचालन गरेर उनिहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत चितवनमा उपस्थित गराईको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरुवाट २१ वर्ष ६ महिना १६ दिन कैद र २६ लाख ६४ हजार ३ सय ६९ रुपैयाँ जरिवाना असूल उपर गराईको चितवन प्रहरीले जनाएको छ ।–00–


