डिभिजन वन कार्यालय चितवनले आफ्नो पञ्चवर्षिय वन व्यवस्थापन कार्ययोजनाको विषयमा सुझाव संकल्नगर्दै

पोखरीको विकासलाई वन व्यवस्थापन कार्ययोजनामा जोडदिन कालिकाका मेयरको सुझाव

कालिका, ३१ जेठ । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले पोखरीको विकासलाई डिभिजन वन कार्यालय चितवनले आफ्नो पञ्चवर्षिय वन व्यवस्थापन कार्ययोजनामा जोडदिनुपर्ने सुझाव दिएका छन् ।

 

डिभिजन वन कार्यालयले वन व्यवस्थापन सम्बन्धि ड्राफ्ट स्वरुप तयार पारेको आफ्नो पञ्चवर्षिय कार्ययोजना अन्तर्गत कालिका नगरपालिकामा आयोजना गरेको सुझाव संकलन कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले पानीको सतह तलतल गइरहेकाले यसको भूबनोटलाई संरक्षणगर्न पोखरीको विकास हुन आवश्यक रहेको जोड दिए ।

अत्याधिक मात्रमा भइरहेको बोरिङको प्रयोगले पानीको सतह झनझन तल गइरहेकोले वन क्षेत्रमा पनि पोखरीको विकासगर्न आवश्यक नगर प्रमुख रेग्मीले रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको रेग्मीले अस्वभाविक रुपमा बढ्दै गएको तापक्रमले वातावरण सन्तुलनमा नरहेको स्पष्ट बुझ्न सकिने बताए । किसानहरुलाई बोरिङको उपयोग भन्दा सतही सिंचाईमा जोडदिने बेला भएको बताए । यहाँको वन, वातावरण र सम्पदा संरक्षणमा नगरपालिका डिभिजन वन कार्यालयसँग सहकार्य गरेर अगाडी बढ्न तयार रहेको समेत नगर प्रमुख रेग्मीले स्पष्ट पारे ।

कार्यक्रममा कालिका नगरपालिका, राप्ती नगरपालिका र खैरहनी नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरुको सहभागीता थियो । सामुदायिक वनसँग जोडिएका वडाका जनप्रतिनिधिहरुलाई कार्यक्रममा सहभागी गराई सुझाव संकलन गरिएको थियो । कार्यक्रम डिभिजन वन कार्यालयका अधिकृत लोक राज नेपालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । यस अघि भरतपुर स्थित डिभिजन वन कार्यालयकै सभाहलमा भरतपुर महानगरपालिका क्षेत्रका जनप्रतिनिधिहरुसँग पनि सुझाव संकलन गरिएको थियो ।-

 

 

-00–

Share:

सम्बन्धित समाचारहरु