पाँच लाख रुपैयाँ बराबरको सामग्री खरिदगरी स्टकमा राख्ने निर्णय

मनसुन सुरुभएसँगै कालिकामा विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो स्थानीय विपद् व्यवस्थापन समिति

कालिका, १२ असार । मनसुन सुरु भएसँगै आउनसक्ने विपद्लाई लक्षित गरेर तारजाली, बोरासहित अत्यावश्यक आधारभूत आवश्यकताका सामग्री स्टकमा रहनेगरी खरिदगर्ने स्थानीय विपद् व्यवस्थापन समिति कालिकालले निर्णय गरेको छ ।

महिला संजालको सभाहलमा आज विहान बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले विपद् व्यवस्थापनको पूर्व तयारी अन्तर्गत खाद्यन्नसँगै भाँडाकुँडा सहित ५ लाख रुपैयाँ बराबरको सामग्री खरिदगरी स्टकमा राख्ने निर्णय गरेको हो । यस्तै प्राकृतिक विपद्का कारण क्षति भएका र सम्भावित जोखिम क्षेत्रको स्थलगत अनुगमनगर्ने निर्णय गरेको छ ।

बैठकले कालिका वडा नं. १० मा विपद्का कारण क्षतिभएको खानेपानी पाइप व्यवस्थापनगर्ने निर्णय गरेको छ । आगलागीका कारण पिउनेपानी सप्लाईभएको पाइप जलेर नष्टभएपछि स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले २ सय ५० मिटर पाईप उपलव्ध गराउने समेत निर्णय गरेको छ ।

मनसुन सुरु भएकाले जुनसुकै बेला जस्तो सुकै विपद् आउन सक्नेभएका कारण विपद् व्यवस्थापनका लागि स्थानीय रेडक्रसकर्मी, सुरक्षाकर्मी, नगरप्रहरी, राजनीतिक दल लगायत सरोकारराख्ने सबैलाई पूर्व तयारीमा रहन स्थानीय विपद् व्यवस्थापन समिति संयोजक विनोद रेग्मीले आग्रहगर्नुभयो ।

संयोजक रेग्मीकै अध्यक्षतामा आयोजना गरिएको बैठकमा नेपाल प्रहरी, नेपाली सेना, रेडक्रसका प्रतिनिधि, नगरस्तरीय राजनीतिदलका प्रतिनिधि, नगरप्रहरी, पत्रकार, कालिका नगरपालिका अन्तर्गत विभिन्न शाखा प्रमुखहरू लगायतकाे उपस्थ्तिी थियो ।

—00–

 

Share:

सम्बन्धित समाचारहरु